नियम
कायम मुकायम मुकरर गर्ने तथा काज खटाउने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि विभागको प्रमुख पदमा र पुनरावेदन सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताको पदमा महान्यायाधिवक्ताले बढीमा छ महिनाको लागि कायम मुकायम
मुकरर गर्न सक्नेछ ।
(२) राजपत्राङ्कित द्वितीय श्रेणीको जिल्ला सरकारी वकीलको पदमा सम्बन्धित विभागको प्रमुखले बढीमा छ महिनाको लागि कायम मुकायम मुकरर गर्न सक्नेछ ।
(३) आफ्नो प्रादेशिक अधिकार क्षेत्रभित्रका राजपत्रअनङ्कित कर्मचारीहरुलाई सम्बन्धित पुनरावेदन सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताले राजपत्राङ्कित तृतीय श्रेणीको सरकारी वकीलको पदमा कायम मुकायम मुकरर गर्न सक्नेछ । यसरी कायम मुकायम मुकरर गरिसकेपछि त्यसको जानकारी तुरुन्त महान्यायाधिवक्ताको कार्यालयमा दिनु पर्नेछ ।
(४) राजपत्राङ्कित प्रथम श्रेणी वा सो भन्दा माथिका कर्मचारीहरुलाई महान्यायाधिवक्ताले सरकारी वकील कार्यालय बाहेक अन्य निकायमा कार्यरत राजपत्राङ्कित ्द्वितीय श्रेणीसम्मका कर्मचारीलाई महान्यायाधिवक्ताले तोकेको विभागको प्रमुखले र महान्यायाधिवक्ता कार्यालयका राजपत्राङ्कित प्रथम श्रेणी भन्दा मुनीका कर्मचारीलाई सम्बन्धित विभागको प्रमुखले काज खटाउन सक्नेछ ।
(५)  पुनरावेदन सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताले ्आफ्नो प्रादेशिक अधिकार क्षेत्रभित्रका राजपत्राङ्कित अधिकृतहरुलाई बढीमा एक महीनासम्म र राजपत्रअनङ्कित कर्मचारीलाई बढीमा तीन महीनासम्म आफ्नो प्रादेशिक अधिकार क्षेत्रभित्रको कुनै कार्यालयमा काज खटाउन सक्नेछ । त्यसरी काज खटाएकोमा त्यसको जानकारी तुरुन्त महान्यायाधिवक्ताको कार्यालयलाई दिनु पर्नेछ ।